Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

विमानमा परिचालिकाले डा बाबुराम भट्टराईलाई नचिनेपछि…….


3.6K
Shares

विमानमा परिचालिकाले डा बाबुराम भट्टराईलाई नचिनेपछि…….

 

विमानमा परिचालिकाले नचिन्दा बाबुरामको प्रश्न : के हामी आउटडेटेड भयौँ ?

काठमाडौं :  समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई ट्वीटरमा निकै सक्रिय हुनुहुन्छ। पूर्वप्रधानमन्त्री समेत रहेका डा भट्टराईले आइतबार बिहान एक ट्वीट गर्दै समाजको चेतमाथि प्रश्न उठाउनु भएको छ ।

उहाँले शहर र गाउँबीच देखिएको राजनीतिक चेतबारे प्रश्न उठाउनु भएको हो। डा. भट्टराईले आफू विराटनगर जाँदा जाहाजको परिचालिकाले आफूलाई नचिनेको प्रसंग ट्वीटमा उल्लेख गर्नुभएको हो ।

परिचालिकाले आफूलाई अस्पतालमा देखेको डाक्टर सम्झिएको भन्दै उहाँले लेख्नु भएको छ, बिराटनगर जाने उडानमा परिचारिकाले सोधिन्, तपाईं डाक्टर हो ? म हैन, किन सोध्नुभो? उनी (डाक्टरकहाँ जाँदा देखेजस्तो लागेर ।

यता, तर केही बेरपछि चतरानेर कोशीपुलमा रहेको चिया पसलमा पुग्दा पसले युवतीले बाबुरामलाई देख्नेबित्तिकै चिनेछिन्। युवतीले बाबुरामलाई टिभी र फोटोको माध्यमबाट चिनेको बताइन्।

त्यसैलाई तुलना गर्नुहुदै डा भट्टराईले यसै विषयमा शहर र गाउँमा रहेको राजनीतिक चेतको खाडल रहेको विश्लेष्ण गर्नुभएको हो । यस्तै उहाँले आफूहरुरु आउटडेटेड भएका ले समाजले नचिनेको होकी भन्दै प्रश्न समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology