Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बालबालिकामा मधुमेह हुँदा यस्ता लक्षण


16.5K
Shares

बालबालिकामा मधुमेह हुँदा यस्ता लक्षण

केही वर्षयता बालबालिकामा समेत मधुमेहको समस्या तीव्र रूपमा देखिन थालेको छ । बालबालिका विशेषगरी साना उमेरका बालबालिकामा टाइप १ मधुमेह धेरैमा देखिन थालेको छ ।

शरीरमा उत्पन्न हुने अटोइम्युन अवस्थाले प्यानक्रियटिक बिटा कोषहरू नष्ट गर्दै लान्छ, जसले इन्सुलिनको मात्रा असन्तुलित हुने हँुदा रगतमा चिनीको मात्रा बढेर जान्छ । बच्चामा टाइप २ मधुमेह (डाइबेटिज)ले मोटोपनाको समस्या निम्त्याउने गर्छ, तर वयस्कको तुलनामा बालबालिका यसबाट कमै प्रभावित भएका छन् । सानै उमेरका बालबालिकालाई मधुमेह के कारणले हुन्छ भन्ने यकिन तथ्य अझैसम्म पनि पत्ता लागेको छैन । तर, पारिवारिक स्वास्थ्य अवस्था, संक्रमणको प्रारम्भिक जोखिम र अटोइम्युन डिसअर्डर आदिलाई मधुमेहको कारण मानिँदै आइएको छ । बालबालिकामा मधुमेहका लक्षण केही सातामै देखिन्छन्, प्रारम्भिक चरणमै लक्षण पत्ता लगाएर उपचार गर्न सकिन्छ ।

अत्यधिक तिर्खा
बालबालिकाले पोलिडिप्सिया वा अत्यधिक तिर्खाएको बताए मधुमेहका यस्तो हुन सक्छ । मधुमेहका कारण शरीरमा तरल पदार्थको असन्तुलन हुँदा अत्यधिक तिर्खा लाग्ने हुन्छ । टाइप १ डाइबेटिजको समस्या भएका बालबालिका अत्यधिक पानी खान रुचाउँछन् ।

बारम्बार पिसाब
सामान्यतया पोलिडिप्सियापछि बालबालिकामा पोलियुरिया अर्थात् बारम्बार पिसाब गर्ने हुन्छन् । सामान्यतया शरीरमा ग्लुकोज स्पाइक हुँदा मिर्गाैलाले पिसाबको माध्यमबाट ग्लुकोज हटाउन संकेत गर्छ । जसको परिणामस्वरूप बारम्बार पिसाब गर्न मन लाग्ने हुन्छ ।

भोक
स्वस्थ बालबालिकाको तुलनामा मधुमेह भएका बालबालिका जुनसुकै समयमा पनि खान रुचाउने हुन्छन् । साथै जति खाए पनि नअघाउने खालका हुन्छन् । इन्सुलिनको प्रयोगबिना शरीरले ग्लुकोजको माध्यमबाट ऊर्जा उत्पन्न गर्न सक्दैन । बिस्तारै शरीरमा ऊर्जाको कमी हुँदै जाने भएकाले बारम्बार भोक लाग्ने गर्छ । बालबालिकामा यस्ता लक्षण देखिएमा सम्बन्धित चिकित्सकको परामर्श लिनुपर्छ ।

तौल घट्ने
बालबालिकामा मधुमेहको अर्को लक्षण छोटो समयमै तौल घट्नु पनि हो । शरीरमा उत्पादन भएको ग्लुकोज ऊर्जामा मात्रै खपत हुुन्छ । इन्सुलिनको कम उत्पादनका कारण शरीरका मांसपेशीहरू कमजोर हँुदै जान्छन्, शरीरले बोसो जम्मा गर्न थाल्छ । फलस्वरूपमा तौल कम हुँदै जान्छ ।

सास गन्हाउने
शरीरमा इन्सुलिनको कमी हँुदा सास गन्हाउने समस्या देखिन्छ । बालबालिकामा मधुमेहको समस्या बढ्दै गएपछि यस्ता लक्षण देखिन्छ । ग्लुकोजको अभावमा शरीरले ऊर्जाका लागि फ्याटको प्रयोग गर्छ जसले शरीरमा केटोन्स अर्थात् रक्त अम्ल उत्पादन गर्छ । केटोन्सका कारण सास फलफूलको रसजस्तो गन्हाउने गर्छ ।

व्यवहारमा परिवर्तन
अध्ययनअनुसार स्वस्थ बच्चाहरूको तुलनामा मधुमेह भएका बालबालिकामा व्यावहारिक समस्या बढी हुन्छन् । ८० जना बालबालिकामध्ये २० बालबालिकाले असन्तुलित व्यवहार देखाउने गर्छन् । सामान्यतया मधुमेह भएका बालबालिका खाना फाल्ने, रिसाउने, भनेको नमान्ने, आफ्नो अधिकारको प्रयोग गर्ने खालका हुन्छन् । अधिकांशमा भाइबहिनीहरूसँग ईष्र्या गर्ने, घरमा कडा अनुशासनको महसुस गर्ने, आमाबुबाले अन्यभन्दा आफूलाई फरक व्यवहार गरेको महसुस गर्ने गर्छन् । यस्ता भावनाले मुड परिवर्तन गर्ने, चिन्ता र डिप्रेसनको समस्या निम्तिन्छ ।

यस्तै छालामा कालो दागहरू देखिने, सधैँ थकान महसुस गर्ने, आँखाको दृष्टिमा समस्या आउने, पेट दुख्ने, घाउ निको हुने समय लाग्नेजस्ता लक्षणहरू पनि देखिन्छन् । बालबालिकामा यस्ता असामान्य लक्षण देखिए स्वास्थ्य जाँच गर्नु आवश्यक हुन्छ ।
–एजेन्सीको सहयोगमा 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology