Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

निराजनको स्वर, प्रमोदको संगीतमा ‘उड्यो रे मेरो मनु सार्वजनिक (भिडियो)


15.8K
Shares

निराजनको स्वर, प्रमोदको संगीतमा ‘उड्यो रे मेरो मनु सार्वजनिक (भिडियो)

काठमाडौं २४, कात्तिक। गायक निराजन कडेल र गायिका प्रविशा अधिकारीको युगल स्वरमा रहेको गीत ‘उड्यो रे मेरो मनु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा शब्द र संगीत प्रमोद कोइरालाको रहेको छ। यस गीतलाई शैलेन्द्र एम प्रधान (वावु) ले संगीत संयोजन गरेका हुन्।

कालिनचोकमा छायांकन गरिएको म्युजिक भिडियोमा सागर थापा (धुर्व) र रोशनी कार्कीको प्रेम र रोमान्स देख्न सकिन्छ। यस भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्। अनिल के मानन्धरको छायांकन र निर्देशनमा भिडियो तयार पारिएको हो। गायक कडेलको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

विगत लामो समयदेखि निरन्तर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक कडेलले यसअघि ६ बढी म्युजिक भिडियो र परिक्षा नामक एल्वम सार्वजनिक गरिसकेकाछन्। गायक कडेलले यस गीतलाई हेरेर प्रतिक्रिया दिन सम्पूर्ण दर्शक , स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology