Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सुननमा रोमाण्टिक मुडमा देखिए आकाश र उषा (भिडियो सहित )


19.5K
Shares

सुननमा रोमाण्टिक मुडमा देखिए आकाश र उषा (भिडियो सहित )

काठमाण्डौ २४, कात्तिक। गायक सुशील श्रेष्ठ जुजुु को बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सुनन’ सार्वजनिक भएको छ। प्रेम भाव बोकेको यस गीतमा स्वर सुशील श्रेष्ठ ुजुजुु को रहेको छ भने शब्द स्वयम् गायक सुशील श्रेष्ठ जुजु र स्वर्गीय आशिष तामाङको रहेको छ। यस गीतलाई स्वर्गीय आशिष तामाङले संगीत दिनुभएको छ ।

म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र उषा उप्रेती र प्रकाश जिसी फिचर्ड छन्। भिडियोमा सुदिप बरालको कन्सेप्ट र छायांकन रहेको छ। टेकेन्द्र शाहले भिडियोलाई सम्पादन गरेका हुन्। काजी बहादुर श्रेष्ठ उत्पादक रहेको भिडियोलाई आचार्य गोपालको निर्देशनमा तयार पारिएको हो। गायक श्रेष्ठको अफिसिएल युट्युव च्यानल ‘ जुजु क्रियशन’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।

गीत संगीतमा अत्यन्त लगाव राख्ने प्रतिभाशाली कलाकार स्वर्गीय आशिष तामाङ प्रति श्रद्धां सुमन अर्पण गर्दै निर्माण टिमले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन् सम्पूर्ण दर्शक, स्रोतालाई आग्रह गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology