काठमाण्डौ २४, कात्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी संकटमा रहेकाले जोगाउन वरिष्ठ नेता माधवकुमार नेपालसँग आग्रह गर्नुभएको छ ।
हिजो बालुवाटारमा वरिष्ठ नेता नेपालसहित स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसँग छलफल गर्नुभएको हो । भेटमा बरिष्ठ नेता नेपालले पार्टी जोगाउनका लागि प्रधानमन्त्रीका तर्फबाट प्रस्ताव के छन्, राख्न आग्रह गर्नुभएको थियो ।
नेपाल पक्षले पार्टीको स्थायी कमिटी, सचिवालय र केन्द्रीय कमिटि बैठक राखेर समस्याको बारेमा बैठकमै छलफल गर्न सुझाव दिएको भेटमा सहभागी नेता भीम रावलले बताउनुभयो ।