गोरखा २३, कात्तिक । भुकम्पको केन्द्र बिबादका कारण गएको ५ दिनदेखि लाप्राकहरु माथि लगाइएको नाकाबन्दी आजदेखि हटाइएको छ । धार्चे गाउँपालिकाले भुकम्पले इपिसेन्टर ट्रेल निर्माण गरेसंगै बढेको बिबादका बिच बारपाकीहरुले लाप्राक जाने आउने बाटो अबरुद्ध गर्दै आएका थिए । नाकाबन्दीले समस्याको समाधान नहुनै भन्दै बारपाकका स्थानीयबासीहरुले नाकाबन्दी आजदेखि खुलाएको स्थानीयले जानकारी दिएका छन् ।
केन्द्र बिबादका बिषयमा दुई गाउँपालिकाहरुको बिबादलाई लिएर बारपाक स्थानीयबासीहरुले बारपाक केन्द्रलाई तोडमोड गर्न खोजेको भन्दै लाप्राक प्रवेशको नाकामा प्रवेश रोक लगाइएको थियो । बन्द भएको ५ दिन बितिसक्दा पनि दुई गाउँपालिका बिच समस्या समाधानको कुनै पहल नभएपछि स्थानीयबासीहरुले बन्दले समस्या समाधान नहुने भन्दै नाकाबन्द हटाएको हो ।
यसअघि इपिसेण्टर तोडमोड गरेको, सीमा क्षेत्रको ढुंगा, काठ उत्खनन गरेको र सीमा क्षेत्रमा एकातर्फी निर्णयले पदमार्ग बनाएको बिरोधमा भन्दै बारपाकीले साइनबोर्ड राखी गत कात्तिक १९ गतेदेखि सडक अबरुद्ध गर्दै आएका थिए । सडक अबरुद्ध हुदा बारपाक कुदै लाप्राक जाने र आउने सवारी साधान, यात्रुहरु तथा पर्यटकहरु समेत अलपत्र पर्दै आएका थिए ।