Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा कोरोना संक्रमितको संख्या ५ सय नाध्यो, कति निको भए, कति उपचाररत छन् यो हेर्नुहोस !


3.1K
Shares

गोरखामा कोरोना संक्रमितको संख्या ५ सय नाध्यो, कति निको भए, कति उपचाररत छन् यो हेर्नुहोस !

गोरखा २३, कात्तिक । गोरखामा जिल्लामा कोरोना भाइरसका संक्रमितहरुको संख्या ५ सय नाघेको छ । शनिबार एकै दिनमा ३ स्थानिय तहका ३१ जनामा संक्रमण पुष्टी भएसंगै जिल्लामा संक्रमितहरुको संख्या ५१५ पुगेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
जिल्लामा पहिलो कोरोना संक्रमण ०७७ जेष्ठ २५ गते देखिएको थियो ।

पहिलो दिन गोरखामा १० जनामा संक्रमण पुष्टी भएका मध्ये गण्डकी गाउँपालिकाका ९ जना र जिल्ला प्रहरी कार्यालय गोरखामा जबरजस्ती करणी मुद्वामा आरोपीत थुनुवा १ जना रहेका थिए । पछिल्लो ५ महिनामा गोरखा जिल्लाको विभिन्न स्थानिय ५१५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिनुभयो ।

संक्रमण बढे संगै कार्यालयले संक्रमितको सम्पर्कमा रहेकाहरुको स्वाब लिने कामलाई पनि तिब्रता दिएको छ । कार्यालयको पछिल्लो रेकर्ड अनुसार हिजोसम्ममा जिल्लाभरबाट कुल ९ हजार ८०८ जनाको स्वाब संकलन गरिसकेको छ । जस मध्ये संस्थागत आइसोलेसनमा रहेका ४२२ जना र होम आइसोलेसनमा रहेका २७९ जना रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार स्वास्थ्य कार्यालय मार्फत संकलन गरि स्वाब परिक्षण गराएका ५१५ जना, जिल्ला भन्दा बाहिरबाट स्वाब परिक्षण भई पोजेटिभ देखिएका ५६ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लामा हाल सम्म कोरोना संक्रमण पुष्टी भएर १÷१ जना पुरुष र महिलाले ज्यान गुमाई सकेका छन् भने जिल्ला बाहिर हिजो शनिबारसम्म ६ जनाले ज्यान गुमाएको सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।

कार्यालयको रेकर्ड अनुसार आजसम्म जिल्लामा ११२ जना सक्रिय संक्रमित रहेका छन् भने १९२ जनाको स्वाबको रिर्पोट आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology