Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा आज एकैदिन ३० जनामा कोरोना संक्रमण पुष्टि : को को भए सक्रमित (यो हेर्नुहोस


1.4K
Shares

गोरखामा आज एकैदिन ३० जनामा कोरोना संक्रमण पुष्टि : को को भए सक्रमित (यो हेर्नुहोस

गोरखा २२, कार्तिक गोरखा आज एकैदिन थप ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।संक्रमण देखिएकाहरुमा सरकारी कार्यालयका चालक, वडा कार्यालयका कर्मचारी देखी सहकारीमा पैसा उठाउने कर्मचारीहरु सहित ३० जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।

निर्देशनालयले जारी गरेको सूचना अनुसार गोरखा नगरपालिकामा १४ जना पुरुष र ५ जना महिलामा संक्रमण देखिएको छ भने पालुङटार नगरपालिकामा २ महिला र १ पुरुषमा संक्रमण देखिएको जनाएको छ । त्यस्तै गरी जिल्लाको अजिरकोटा गाउँपालिकामा ६ महिला र २ जना पुरुषमा समेत संक्रमण देखिएको छ ।
गोरखा नगरपालिकामा संक्रमण देखिएकाहरु मध्ये मालापोत कार्यालय गोरखाका ६ जना कर्मचारी, गोरखा नगरपालिकाका चालक १ जना, वडा नम्बर ८ को कार्यालयमा काम गर्ने कर्मचारी १ जना र सदरमुकाममा रहेको सहरकारीमा काम गर्ने महिला कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले जानकारी दिनुभयो ।

९३ बर्षिया बृद्वलाई समेत कोरोना

गोरखा नगरपालिका ८ मा बसोबास गर्ने ९३ बर्षका बृद्वमा समेत कोरोना संक्रमण देखिएको छ ।
बृद्व परिवारमा छोरी र बुहारीलाई पनि संक्रमण देखिएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology