Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा तिहारमा देउसी भैलो खेल्न रोक


3K
Shares

गोरखामा तिहारमा देउसी भैलो खेल्न रोक

गोरखा २१, कात्तिक । गोरखा जिल्लामा यो पटकको तिहारमा देउसी भैलो खेल्न रोक नपाइएको भएको छ । तिहारहको अबसरमा आयोजना हुने देउसी भैलो जस्ता कार्यक्रमले भिडभाड तथा जमघट हुदा गई कोरोना संक्रमण बढ्न सक्ने भएकाले खेल्न रोक लगाइएको जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले आज एक सूचना प्रकाशन गरि प्रसासनको आग्रहलाई परिपालना गरि कोरोना संक्रमण नियन्त्रण, रोकथाम, तथा जोखिम न्युनीकरणमा आबश्यक सहयोग तथा सहजीकरण गरिदिन जिल्लामा क्रियाशिल राजनीतिक दल, स्थानीय तह, सामजिक संघसंस्थ लगायतलाई अनुरोध गरिएको छ । त्यस्तै जिल्ला भित्र कुनै प्रकारको मेला आयोजना नर्ग, भीडभाड गर्न, सामाजिक तथा भौतिक दुरी कायम गर्न, अनिबार्य मास्क लगायर मात्र बाहिर निस्कन पनि प्रशासनले अपिल गरेको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी पाण्डेद्धारा हस्ताक्षरित सूचनामा तिहारको बेला भुइचम्पा, पटका तथा अतिशबाजी जस्ता बिस्पोटक पर्दाथको आयात गर्ने, भण्डारण गर्ने, बिक्रि बितरण गर्ने र पड्काउने लगायतका कार्यबाट जनस्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने तथा आगजनीबाट जनधनको क्षति हुनसक्ने भन्दै त्यस्ता पर्दाथ आयात, भण्डारण, बिक्रिबितरण तथा प्रयोग नगर्न नगराउन भनिएको छ ।

कोरोना संक्रमणको उच्च जोखिम रहेकाले चाडबाडका बेला बिगतमा जस्तो आफ्न्तहरुको जानेआउने, नाचँगान गर्ने, पटका पड्काउने जुवातास खेल्ने खेलाउने कार्य नगर्न पनि प्रसासनले आग्रह गरेको छ । सूचनामा प्रसासनको निर्देशनलाई वेवास्ता गरि निषेधित कार्य गरेमा स्थानीय प्रसासन ऐन २०२८ बमोजिम कारवाही हुने व्यहोरा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology