गोरखा २१, कात्तिक । गोरखाको आरुघाटगाउँपालिकामा आज थप एकजनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गाउँपालिकाको वडा नम्बर– ४ की एक महिलामा कोरोना संक्रमणको पुष्टी भएको गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार थुमीकी २६ बर्षिया महिलामा संक्रमण पुष्टी भएको हो । संक्रमित महिला चितवन मेडिकल कलेजमा उपचारका क्रममा फिभर क्लिनीकमा स्वाब परिक्षण गर्दा पोजेटिभ देखिएको हो