Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

रेखाको ‘एक दिन तिमी फर्की आउनेछौ’ सार्वजनिक (भिडियो सहित)


16.7K
Shares

रेखाको ‘एक दिन तिमी फर्की आउनेछौ’ सार्वजनिक (भिडियो सहित)

गोरखा २१, कात्तिक । चर्चित गायिका रेखा शाहको ‘एक दिन तिमी फर्की आउनेछौ‘’ शीर्षकको गीत सार्वजनिक भएको छ । गायक सुगम पोखरेलको संगीत निर्देशन रहेको उक्त गीतमा गीतकार भूपेन्द्र खड्काको शब्द रचना रहेको छ । गीतमा सुजिल कर्माचार्यले संगीत संयोजन गर्नुभएको छ ।

गीतको म्युजिक भिडियो गायिका शाहले आफ्नै यूट्युब च्यानलमार्फत अपलोड गर्नुभएको हो  । भिडियोलाई नितिन चन्दले निर्देशन गर्नुभएको छ । गायिका शाहले फेसबुक मार्फत गीत सार्वजनिक भएको जानकारी गराउँदै लेख्नु भएको छ ( ‘मेरो जीवनको एउटा महत्त्वपूर्ण र महत्त्वाकांक्षी गीत ‘एक दिन तिमी फर्की आउनेछौ’ सार्वजनिक गरेकी छु ।

संगीतकार सुगम पोख्रेल, गीतकार भूपेन्द्र खड्का, भिडियो निर्देशक नितिन चन्द, छायांकार रुपेश थापा र सम्पादक सविश जोशीप्रति आभारी छु । तपाईं सबैबाट मायाको अपेक्षा छ ।’

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology