Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

मुलुक गम्भीर मोडमा पुग्यो : प्रधानमन्त्री ओली


1.9K
Shares

मुलुक गम्भीर मोडमा पुग्यो : प्रधानमन्त्री ओली

काठमाण्डौ २०, कात्तिक ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी हमला भइरहेको भन्दै सरकारलाई काम गर्न नदिएर मुलुक गम्भीर मोडमा पुगेको बताउनुभयो । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई ब्रिफिङ गर्दै सरकारमाथि पार्टीभित्र र बाहिर दुवैतिरबाट हमला हुँदा सोचेजति काम गर्न नसकिएको बताउनु भएको हो ।

‘पार्टी भित्रैबाट पनि सहयोग भएन । घेराबन्दी गरिन्छ, राजीनामा मागिन्छ । काम गर्न दिइँदैन । तर म राजीनामा दिने पक्षमा अझै छैन । कुनै हालतमा म पछि हट्दिनँ’ ओलीको भनाई उदृत गर्दै एक मन्त्रीले भन्नुभयो, ‘पार्टीभित्रबाट असहयोग हुँदा सोचेजति काम गर्न सकिएन । अस्थिरता निम्त्याउने काम मात्रै भयो । जसले मुलुक नै गम्भीर मोडमा पुगेको छ ।’

यसअघि ओलीले बुधबार पनि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै आफ्नो राजीनामा मागिएको तर कुनै पनि परिस्थितिमा आफु राजीनामा नदिने बताउनुभयो ।प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तपाईंहरु विचार गर्नुस के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरो लागि होइन, देशको लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन । त्यो मैले दोहो¥याएर भनेको छु, फेरि केहीले खोइ त राजीनामा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’

अहिले ओलीको राजीनामा कसैले नमागेपनि ओली आफैले राजीनामाको प्रसंग निकालेकोमा उनको आलोचना समेत भइरहेको छ ।बिहीबारको मन्त्रिपरिषद् बैठकमा खासै महत्त्वपूर्ण निर्णयहरु नभएपनि प्रधानमन्त्री ओलीले लामो पुराण सुनाएको अर्का एक मन्त्रीको भनाई छ । ‘खासै त्यस्ता केही निर्णयहरु त भएनन् तर प्रधानमन्त्रीज्यूले समसामयिक विषयहरुमा आफ्ना कुराहरु राख्नुभयो । खासगरी उहाँले आफ्नो राजीनामा मागेर अस्थिरता निम्त्याउन खोजिएको भनेर ब्रिफिङ गर्नुभयो । त्यो सुनेर फर्केका छौ’ ती मन्त्रीको भनाइ छ ।

सत्तारुढ दल नेकपाभित्र विवाद र अन्तरविरोध चर्कदै गएका बेला यसअघि पनि अध्यक्ष समेत रहेका ओलीले विना प्रसंगका यस्ता अभिव्यक्तिहरु दिएर विषयान्तर गर्नुभएको थियो । ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology