काठमाडौं २०, कात्तिक । अमेरिकी राष्ट्रपति पदका चुनावमा मतगणना जारी रहेको बेला जितको नजिक पुग्नुभएका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले जितको ह्वाइट हाउन जाने तयारी थाल्नु भएको छ । बाइडनले जितको औपचारिक घोषणा नहुँदै राष्ट्रपति कार्यालय ह्वाइट हाउस प्रवेश गर्ने तयारी सुरु बिबिसीले जनाएको छ ।
अमेरिकाको राष्ट्रपति निर्वाचनमा जसले जित्छ, त्यही उम्मेदवारले ह्वाइट हाउस जाने तयारी गर्नुभन्दा पहिला आफ्नो एक ट्रान्जिसन टिम ९संक्रमणकालीन टिमगठन गर्छन् । त्यही परम्परा अनुसार बाइडनले ‘बिल्ड ब्याक बेटर’ नामको ट्रान्जिसन वेबसाइट सुरु गर्नुभएपछि उहाँले ह्वाइट हाउस जाने तयारी थाल्नु भएको अनुमान गरिएको हो ।
अहिलेसम्म अमेरिकामा राष्ट्रपतीय निर्वाचनको विजेताको घोषणा भएको छैन । तर, राष्ट्रपतिका दुवै उम्मेदवार जो बाइडन र डोनाल्ड ट्रम्पले आफूले जितेको दाबी गरिरहेका छन् ।