Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

एउटै अस्पतालमा २३ बर्षिय युवती सहित ३ जनाको कोरोना संक्रमणबाट मृत्यु


2.2K
Shares

एउटै अस्पतालमा २३ बर्षिय युवती सहित ३ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाण्डौ २०, कात्तिक । धरानमा २३ वर्षीया युवतीसहित ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार अस्पतालमा उपचाररत एक महिला र दुई पुरुषको निधन भएको हो ।

मृत्यु भएका मोरङ जिल्लाका ५९ वर्षीय पुरुषमा पहिलेदेखि नै उच्च रक्तचाप र मुटु रोग रहेको अस्पतालका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो । ९ कात्तिकमा कोरोना पजिटिभ देखिएको उनको १९ गते बुधबार राति ३ बजे निधन भएको श्रेष्ठले बताउनुभयो ।त्यसैगरी अस्पतालमा उपचाररत कोरोना संक्रमित २३ वर्षीया युवतीको निधन भएको छ । राजविराज– १ सप्तरीकी कोरोना संक्रमित युवतीको निधन भएको हो ।

उनी रक्तअल्पता लगायतका बिरामी भएको र उनमा यही १८ कात्तिकमा कोरोना पजिटिभ देखिएको अस्पतालले जनाएको छ । त्यसैगरी अस्पतालमा उपचाररत अर्का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको पनि निधन भएको छ । राजविराज– ८ सप्तरीका उनमा १५ कात्तिकमा कोरोना पजिटिभ देखिएको थियो । उनको बिहीबार बिहान ८ बजे निधन भएको सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology