गोरखा १९, कात्तिक । गोरखा जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज १ :३५ बजे जारी गरेको दोस्रो प्रेस बिज्ञप्तीमा जिल्लाका ३ स्थानीयतहरुमा संक्रमित थपिएको जनाएको छ ।
संक्रमण पुष्टी हुनेहरुमा गोरखा नगरपालिका वडा नम्बर ९ की ६२ बर्षिया महिला, भीमसेन थापा गाउँपालिका वडा नम्ब ३ का ४६ बर्षिय पुरुष र पालुङटार नगरपालिका वडा नम्मब २ का २७ बर्षका एक पुरुष रहेका छन् ।
उहाँहरु सवैको चितवन मेडिकल कलेज चितवनको फिभर क्लिनिकबाट संक्रमणको पहिचान भएको निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दू शर्माले जानकारी दिनुभयो ।