गोरखा १८, कात्तिक । गोरखा जिल्लामा आज मालपोत कार्यालयकी एक कर्मचारी सहित थप १० जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेका अनुसार मालपोत कार्यालयकी एक महिला कर्मचारीमा कोरोना संक्रमणको पुष्टी भएको हो ।
जिल्लाको सहिद लखन गाउँपालिका घर भएकी उहाँसंगै पालुङटार नगरपालिकामा २ पुरुष र १ महिला सहित ३ जना, भीमसेन थापा गाउँपालिकामा १ पुरुष र १ महिला गरी २ पनि कोरोना संक्रमणको पुष्टी भएको हो । त्यस्तै गोरखा नगरपालिकाको २ वटा वडामा थप ४ जनामा संक्रमण देखिएको सूचना अधिकारी न्यौपानले जानकारी दिनुभयो । गोरखा नगरपालिका वडा नम्बर १२ मा २ महिला र १ पुरुष तथा वडा नम्बर ११ मा १ जना पुरुषमा संक्रमण उहाँले बताउनुभयो ।
आज संंक्रमण पुष्टी भएका मध्ये भीमसेन थापा गाउँपालिकामा बाहेकका अन्य सबैको कन्ट्याक्ट ट्रेसिङ मार्फत स्वांब संकलन गरि कोरोना परीक्षणका लागि पठाइएको थियो । यो संगै स्वास्थ्य कार्याल गोरखा जिल्लामा संक्रमितको संख्या ४८४ जना पुगेको छ भने जिल्ला बाहिर स्वाब संकलन भएका ५४ जनामा पनि संक्रमण पुष्टी भएको कार्यालयले जनाएको छ ।