गोरखा १७, कात्तिक । गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित थप ३३ जनामा आज कोरोना संक्रमणको पुष्टी भएको छ । प्रमुख जिल्ला अधिकारीसंगै जिल्लाका ५ स्थानीय तहमा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय गोरखाले जिल्ला प्रसासन कार्यालय गोरखाका एक कर्मचारी जना सहित ३३ जनामा संक्रमण पुष्टी भएको कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानले जानकारी दिनुभयो ।
अन्य संक्रमण पुष्टी भएकाहरुमा गोरखा नगरपालिका गोरखा नगरपालिकाका १० जना, पालुङटार नगरपालिकाका ८ जना, शहिद लखन गाउँपालिकाका ४ जना, आरुघाट गाउँपालिकाका १ जना, अजिरकोट गाउँपालिकाका ७ जना, आँपपिपल अस्पतालमा उपचारका लागि पुगेका १ जना तथा प्रमुख जिल्ला अधिकारी र उहाँकी ४२ बर्षकी श्रीमतीलाई कोरोना पुष्टी भएको हो ।
गोरखा नगरपालिका वडा नम्बर ४ मा बर्ष २७ का एक पुरुष, बर्ष ३१ का एक महिला, वडा नम्बर ९ मा बर्ष ५१, २४ र १६ का गरि ३ जना पुरुष, बर्ष २६, २५, र ९ का गरि ३ जना महिलामा संक्रमणको पुष्टी भएको निर्देशनालयले जारी गरेको दोस्रो बिज्ञप्तीमा उल्लेख छ । त्यस्तै गोरखा नगरपालिकाको वडा नम्बर १० मा ५६ र ३२ बर्षका २ जनामा पुरुषमा पनि संक्रमण देखिएको छ । निर्देशनालयका अनुसार पालुङटार नगरपालिका वडा नम्बर १ मा बर्ष ४० र २३ का २ जना महिला, वडा नम्बर २ मा बर्ष ५५, २८र २६ का ३ जना पुरुष, वडा नम्बर ५ मा बाषर्् २५ र ५५ का २ जना पुरुषमा संक्रमण देखिएको छ ।
शहिद लखन गाउँपालिका वडा नम्बर २ मा बर्ष ३० र २४ बर्षका २ महिला, वडा नम्बर ३ मा बर्ष ५१ का एक पुरुष, वडा नम्बर ६ मा बर्ष २० का एक पुरुषमा संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ । त्यस्तै जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर १ मा बर्ष ३० की एक महिला, वडा नम्बर २ मा बर्ष २८ की एक महिला, वडा नम्बर ४ मा बाषर्् १३, ४२, २३, १८ र १९ का ५ जना पुरुषमा संक्रमण देखिएको छ ।
उता जिल्लाको आरुघाट गाउँपालिकामा ३९ बर्षका एक महिलामा पनि कोरोना संक्रमणको पुष्टी भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयले आज नै जारी गरेको पहिलो बिज्ञप्तीमा जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा ४० बर्षकी एक महिलामा पनि कोरोना पुष्टी भएको जनाएको छ । उहाँको पोखरा स्थित लाईफकेयर एण्ड डाइग्नेष्टिक प्रा.लि पोखरामा स्वाब परीक्षणको भएको थियो ।