गोरखा १६, कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालयले गठन गरेको कोभिड १९ भोलेन्टियर सर्भिसले कोरोना बिरुद्धको सचेतनामूलक गीतको म्युजिक भिडियो सार्बजनिक गरेको छ । गोरखा काठमाडौँ जनसांस्कृतिक मन्चको सहकार्यमा तयार पारिएको म्युजिक भिडियो युट्युव च्यालन मार्फत सार्वजनिक गरिएको छ ।
म्युजिक भिडियो कोरोनाबाट बच्ने उपाय, कोरोना र न्युनिकरणका लागि व्यक्तिले नागरिक आफैले खोल्नुपर्ने भूमिका, लगायतका बिषय समेटिएको छ । ‘कोरोनाको डर छ’ शिर्षक रहेको जनचेतना मुलक गीत गोरखा काठमाडौँ जनसाँस्कृति मन्चको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।किरण पन्तको परिकल्पनामा तयार भएको गीतको शब्द सुमन पण्डितको रहेको छ भने संगीत दिपसागर थापा मगरको रहेको छ।
उक्त जनचेतनामूलक गीतमा गोर्खाली कलाकारहरु दिपसगर थापा , सुमन पण्डित ,रञ्जित परियार , कविराज ढकाल ,सागर गुरुङ ,सरु थापा ,रेजिना परियार ,सुमन परियार , शिशिर गुरुङ , सुलिन गुरुङ , सरिता गुरुङ लगायतले स्वर दिनुभएको छ । चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा रहेको गीतमा रञ्जिता गुरुङ , मरिचमान श्रेष्ठ (बल्छीधुर्बे), राजु मास्टर , अनिता बस्नेत ,सारदा गिरि ,उद्धब गुरुङ लगायतको अभिनय रहेको छ ।