Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

विद्युत प्राधिकरणका प्राविधिकको करेन्ट लागेर मृत्यु


2.7K
Shares

विद्युत प्राधिकरणका प्राविधिकको करेन्ट लागेर मृत्यु

महोत्तरी १५, कात्तिक । ट्रकले चुडाएको तार जोड्न सडक किनारको पोलमा चढेका महोत्तरीको बर्दिबास विद्युत प्राधिकरणका प्राविधिकको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको पौराहा गाउँपालिका ६ का ३२ वर्षीय गौरीनन्द पण्डित रहनुभएको छ । बर्दिबास १ स्थित सडक किनारमा ट्रकले चुडाएको तार जोड्न पोलमा चढ्दा तार जोडने क्रममा करेन्ट लागेको थियो ।

करेन्ट लागेर पोलमै झुण्डिका पण्डितलाई देखेपछि गाउँलेहरुले सुकेको बासको भाँटाले तारमा हानेर उपचारका लागी बर्दिबासस्थित जनसेवा अस्पताल लगेका थिए । त्याहाँ प्राथमिक उपचार गरेर थप उपचारका लागि एम्बुलेन्समा पण्डितलाई जानकी हेल्थकेयर जनकपुर पठाइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रेफर गरीएको थियो ।

काठमाडौं पठाउन हेलिकप्टर मगाउने तयारी गर्दा, गर्दै जनकपुरमै उहाँको मृत्यु भएको नेपाल विद्युत प्राधिरण उप शाखा बर्दिबासका लाइन मर्मत शाखाका प्रमुख सुशील महतोले जनकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology