Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

पिसिआर परीक्षण गरेरै पुगे निर्वाचन क्षेत्रका जनतालाई भेट्न सांसद अधिकारी र पूर्वमन्त्री गुरुङ


3K
Shares

पिसिआर परीक्षण गरेरै पुगे निर्वाचन क्षेत्रका जनतालाई भेट्न सांसद अधिकारी र पूर्वमन्त्री गुरुङ

गोरखा १४, कात्तिक । गोरखा निर्वाचन क्षेत्र नम्बर १ का संघिय सांसद हरिराज अधिकारी जनताको समस्या बुझ्न निर्वाचन क्षेत्र तर्फ जानु भएको छ । कोरोना भाइरस (कोभिड १९) बढ्दो जोखिमका बिच सांसद अधिकारीले पिसिआर परीक्षण नै गरेर निवार्चन क्षेत्रका जनताका समस्या, बिकास निर्माणको अबस्था बुझ्न शुक्रबार उत्तरी गोरखा तर्फ जानु भएको हो ।

सांसद अधिकारीको साथमा पूर्वमन्त्री राज्यमन्त्री छमबहादुर गुरुङ लगायत रहनु भएको छ । सांसद अधिकारी सहितको टोलीले त्यस क्षेत्रमा भइरहेका बिकास निर्माणको अबस्था, बजेटको कार्यान्व्यन, नागरिकहरुका गुनासा तथा कार्यकताहरु संग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

त्यस्तै सांसद अधिकारी सहितको टोलीले चिनसंगको सिमा क्षेत्रमा पुगेर अनुगमन गर्ने कार्यक्रम रहेको छ । टोली आज साँझ करिब ५ बजे त्यस तर्फ गएको टोलीमा सहभागी पत्रकार राजेन्द्र न्यौपानले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology