Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

कोरोना संक्रमणबाट २४ घण्टामा १६ जनाको मृत्यु :आज कति संक्रमित भए (यो हेर्नुहोस)


2.1K
Shares

कोरोना संक्रमणबाट २४ घण्टामा १६ जनाको मृत्यु :आज कति संक्रमित भए (यो हेर्नुहोस)

काठमाण्डौ १४, कात्तिक ।पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना सङक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३ हजार ५ सय १७ जनामा कोरोना सङक्रमण देखिएको छ भने कोरोनामुक्त भएर ४ हजार ९६ घर फर्किएका छन् ।

काठमाडौं उपत्यकामा १ हजार ८ सय ८८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । आज काठमाडौंमा १ हजार ५ सय ८, ललितपुरमा २ सय ४९ र भक्तपुरमा १ सय ३१ जनामा कोरोना पोजिटिभ देखिएको हो । योसँगै सङ्क्रमितको कुल संख्या १ लाख ६८ हजार ३ सय ३५ पुगेको छ । २४ घण्टामा १४ हजार ९ सय ८९ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना सङ्क्रमित ३८ हजार ३ सय ५७ जना छन् भने २ हजार ६ सय ६६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology