Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ९२ लाख नाघ्यो


3.4K
Shares

अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ९२ लाख नाघ्यो

एजेन्सी १४, कात्तिक । अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ९२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ९१ हजार ५३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितको यो संख्या एकैदिन पुष्टि भएको अहिलेसम्मकै धेरै हो ।

नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना सङ्क्रमित संख्या ९२ लाख १२ हजार ७६७ पुगेको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ५९ लाख ८३ हजार ३४५ जना सङ्क्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २९ लाख ९५ हजार २४५ जनामध्ये १६ हजार ९५० जनाको अवस्था गम्भीर रहेको वल्डमिर्टरसले जनाएको छ ।

यस्तै कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको संख्या २ लाख ३४ हजार नाघेको छ । २४ घण्टामा थप १०४७ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ३४ हजार २ सय ७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology