Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल र डिजलको घट्यो


4.8K
Shares

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल र डिजलको घट्यो

काठमाडौं, २० माघ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ । निगमले भारतबाट पछिल्लो समय खाना पकाउने ग्यासको मूल्य बढेर आएकाले प्रति सिलिन्डर २५ रुपैयाँ बढाइएको जानकारी दिएको छ । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँ घटेको छ ।

मूल्यवृद्धिपछि अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १३७५ रुपैयाँ पुगेको छ ।

काठमाडौंमा ग्यासको मूल्य प्रतिसिलिण्डर १३७५ रुपैयाँ पुगेको छ भने पेट्रोल ११० र डिजल र मट्टीतेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ
सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ ।

नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिमा अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको नयाँ अन्तरराष्ट्रिय बजार मूल्य घटेको र ग्यासको बजारमूल्य बढेको हुनाले खाना पकाउने ग्यासको मूल्य बढाएर तेलको मूल्य घटाइएको उल्लेख छ ।

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १३७५ बनाइए पनि हवाई इन्धनको मूल्य भने नबढाइएको निगमले जनाएको छ ।

पट्रोलियम पदार्थको मूल्य काठमाडौंमा भन्दा उपत्यकामा भन्दा बाहिरी जिल्लामा सस्तो पर्ने भएको छ । त्यसैगरी खाना पकाउने ग्यासमा पनि उपत्यकाबासीले ढुवानीका कारणका केही बढी तिर्नुपर्ने भएको छ ।

निगमको डिपो/बिक्री बिन्दुदेखि १५ किलोमिटर क्षेत्रबाहिर मूल्य फरक पर्ने निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology