काठमाण्डौं १४, कात्तिक । काठमाण्डौको टोखामा आज छुरा प्रहार गरि एक युवकको हत्या भएको छ । टोखा नगरपालिकास्थित धापासीदेवी मन्दिर परिसरमा एक युवकमाथि छुरा प्रहार भएको थियो।
छुरा प्रहारबाट २५ वर्षीय आषिश मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । मगर पेन्टिङको काम गर्थे।
युवकमाथि छुरा प्रहार गरेको आरोपमा प्रहरीले दुई जना पक्राउ गरेको छ। प्रवक्ता राठौरका अनुसार दिवस अधिकारी र रवि थापा मगर पक्राउ परेका हुन्। अन्य दुई जना अझै फरार छन्।