गोरखा १४, कात्तिक । पार्टीभित्र देखिएको विवादबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरूलाई छलफलमा बालाउनु भएको छ ।पौडेल पक्षका २७ केन्द्रीय सदस्यले गत असोज १२ मा मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् देउवाको कार्यशैलीविरूद्ध केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गनुएभएको थियो ।
उक्त विरोध पत्रमा समावेश गरिएका बुँदाबारे छलफल गर्न कात्तिक १७ गते शीर्ष नेताबीच बैठक बस्न लागेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिजुभयो । पार्टीभित्र देखिएको विवाद सामान्य भएको उल्लेख गर्दै उहाँले १७ गतेकै बैठकबाट समाधान खोजिने जानकारी दिनुभयो ।
असोज १२ मा केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी कार्यालय पुगेर मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहितको विरोध पत्र दर्ता गर्नुभएको थियो ।