Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको पालुङटार नगरक्षेत्रमा एकैदिन २२ सय गाँजाको बोट प्रहरीले गर्यो नष्ट


4.5K
Shares

गोरखाको पालुङटार नगरक्षेत्रमा एकैदिन २२ सय गाँजाको बोट प्रहरीले गर्यो नष्ट

गोरखा १३, कात्तिक ।  गोरखाको पालुङटार नगरपालिकाको बिभिन्न क्षेत्रमा आज प्रहरीले २२ सय भन्दा बढी गाँजाको बोट नष्ट गरेको छ । जिल्लाभर गाँजा फडानी कार्यालाई तिव्र पार्दै आएको प्रहरीले पालुङटार नगरपालिका वडा नम्बर ४ स्थित देवकोटा क्षेत्र र वडा नम्बर १० स्थित लकामकोट क्षेत्रमा गाँजा फडानी गरेको इलाका प्रहरी कार्यालय ठाँटी पोखरीका प्रमुख प्रहरी निरीक्षक सोमदास ढकालले जानकारी दिनुभयो ।

स्थानीयबासी सहितको सहभागितामा गाँजा फडानी गरिएको उहाँको भनाई छ । ईलाका प्रहरी कार्यलय ठाँटिपोखरीमा प्रहरी निरीक्षक ढकाललको ढकालको नेतृत्वमा १० जना प्रहरी सहित जनप्रतिनिधी एवं स्थानीय समुदाय मिलेर देवकोट टोलमा रहेको करिब २ सय बोट गाँजा र लकामकोट क्षेत्रमा रहेको करिब २ हजार बोट गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

कानुनले गाँजा खेतीलाई निषेध गरेको र गाँजाको खुलमखुल्ला सेवन गर्न रोक लगाएकाले प्रहरीले जिल्ला भित्र गाँजा बोट फडानी गर्ने कार्यालयलाई तिव्रता दिदै आएको छ । यद्देपी पछिल्लो समय संसदमा समेत गाँजा खेतीलाई व्यवसयिक रुपमा अगाडी बढाउन दिनुपर्ने माग उठ्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology