Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

भारतका वरिष्ठ पत्रकारले भने : लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै हो !


3.8K
Shares

भारतका वरिष्ठ पत्रकारले भने :  लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै हो !

काठमाडौं ९ कार्तिक । नेपालले नयाँ नक्सा जारी गरेपछि चर्किएको विवादबीच एकजना वरिष्ठ भारतीय पत्रकारले कालापानीसहितको भूभाग नेपालकै भएको बताएका छन्। भारतीय चर्चित टेलिभिजन आजतकअन्तर्गतको रेडियोसँग शुक्रबार भएको संवाद उहाले यस्तो बताउनु भएको हो ।

भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूभाग रहेको मत वरिष्ठ पत्रकार आनन्द स्वरुप बर्माले आजतकमार्फत सार्वजनिक गर्नु भएको छ । यो विषयलाई दुवै देशले वार्ता गरेर समधान गर्न सकिने पनि उहाले बताउनु भएको छ । ‘कालापानी नेपालको हिस्सा हो,’ पत्रकार बर्माले भन्नु भएको छ,’ सन् १९६२ मा चीनसँग युद्ध हुँदा कालापानीमा राजा महेन्द्र सरकारसँग अनुरोध गरेर भारतले केही समयका लागि सेना राखेको थियो, तर त्यहाँ भारतीय सेनाले स्थायी अखडा बनाउँदा अहिले अवस्था जटिल भएको हो।’

कालापानी र लिपुलेकलाई लिएर नेपाल र भारतबीच पुरानो विवाद रहेको समेत उहाले स्पष्ट पार्नुभयो । यो विषय बारम्बार चर्चामा रहेको उनले बता। ‘दुवै देशका सरकारले यसको समाधानका लागि विलम्ब गरेका छन,’ उहाले भन्नुभयो,’ वार्तामा बसेर यसको समाधान गर्नुपर्छ। नेपालको जमिन भारतले लिन चाहँदैन। भारत एउटा ठूलो राष्ट्र हो।’ उहाले भारतले हेपाहा व्यवहार गरिरहे नेपाल कतै ढल्किन सक्ने पनि तर्क गर्नुभएको छ ।’नेपाल चीनतर्फ ढल्किरहेको भारतले सोचेको छ,’

उहाले भन्नुभयो ,’ दुवै छिमेकी राष्ट्र हुन्। चीन र भारत। भारतले सधैँ यस्तो व्यवहार गरेमा नेपालले सहयोगको लागि कतै न कतै हात फैलाउनु पर्ने अवस्था आउँछ।’ आजतक रेडियोको उक्त पोडकास्टमा नेपाली भूमिमा भारतीय सैनिक बसेकाले अब यसलाई वार्ताद्वारा समाधान गर्नुपर्नेमा जोड दिइएको छ। यदि भारतले ढिला गरे नेपाफ चीनको पोल्टामा पुग्ने चिन्ता पनि जाहेर गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology