Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

राप्रपा अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज


3K
Shares

राप्रपा अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज

काठमाण्डौ ९, कात्तिक । कोरोना संक्रमणसंगै स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापा डिस्चार्ज हुनुभएको हो । कोरोना संक्रमण पुष्टि भए पश्चात गत असोज ३० गते उहाँ चावहिल स्थित ॐ अस्पताल भर्ना हुनुभएको थियो ।

अध्यक्ष थापाको स्वास्थ्यमा उल्लेख सुधार भएपछि अस्पतालले उहाँलाई डिस्चार्ज गरेको राप्रपा केन्द्रिय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिनुभयो । गत असोज ३० गते बुधबार स्वास्थमा समस्या देखिएपछि कोरोना परिक्षण गर्दा उहाँमा पोजिटिभ देखिएको थियो। उहाँलाई टाउको दुख्ने,ज्वोरो आउने र श्वासप्रस्वासमा केहि असहज महसुस भएपछि यस अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

उहाँको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर समेत रहनुभएका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोईराला, सिनियर कनस्ल्ट्यान्ट पन्मनोलोजिस्ट डा. सुबोध ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेश सुन्दर श्रेष्ठ, डाक्टर बिपिन कार्कि लगायतको डाक्टर र नर्सहरुको टिम संलग्न रहनु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology