काठमाण्डौं ९, कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओली को भेट कुटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको बताउनु भएको छ ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका प्रबत्ता श्रेष्ठले आचारसंहिता विपरीत विदेशी गुप्तचर अधिकारीसँग प्रधानमन्त्रीको भेट किन ? भनेर सामाजिक सञ्जालमार्फत् प्रश्न गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थिति विना नै ‘रअ’ प्रमुखलाई भेटेको र यसबारेमा पार्टीलाई पूर्व जानकारी नरहेको प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
आफ्नो निजी विचार भन्दै नेपालको राजनीतिक एवं कुटनीतिक इतिहासमा यसप्रकारको घटना पहिलो भएको समेत नेता श्रेष्ठले दाबि गर्नु भएको छ ।
श्रेष्ठले यसप्रकारका कामले राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र नभइ राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुने उल्लेख गर्नु भयो