गोरखा ९ कार्तिक । पुर्व उर्जामन्त्री जनार्दन शर्मा (प्रभाकर) लाई कोरोना संक्रमण भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पोलिट्ब्युरो सदस्य समेत रहनु भएका शर्मालाई आज संक्रमणको पुष्टि भएको हो ।
उहाँ फेसबुक मार्फत आफ्नो पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारी गराउनु हुँदै आफ्नो सम्पर्कमा रहनु भएकाहरुलाई सुरक्षित हुन आग्रह समेत गर्नु भएको छ ।
संक्रमणको पुष्टि भएपनि लक्षण केही नदेखिएको र स्वस्थ्य अवस्था सामान्य रहेको नेता शर्माले जानकारी दिनुभयो ।