Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

दमौलीको अनसन चौतारीमा वेवारिसे पुरुषको शव फेला


3K
Shares

दमौलीको अनसन चौतारीमा वेवारिसे पुरुषको शव फेला

दमौली ७, कार्तिक । तनहुँको दमौली बजारमा आज वेवारिसे पुरुषको शव फेला परेको छ ।

ब्यास नगरपालिका ३ को अनसान चौतारी स्थित गेटमा १ जना पुरुषको वेवारिसे शव फेला परेको दमौली प्रहरीले पुष्टी गरेको हो ।

शुक्रबार बिहान ५ बजेको समयमा नाम, थर, वतन खुल्न नसकेको अन्दाजी ५०/५५ बर्षको पुरुषको शव फेला परेको दमौली प्रहरीले जनाएको छ ।

मृत्त अवस्थामा फेला परेका उनको बारेमा स्थानियले जानकारी दिए पछि प्रहरीको टोली घटना स्थल पुगेको थियो । मृत्त पुरुषका शव दमौली अस्पतालमा राखिएको छ ।

मृत्तकको आफन्तको खोजी भई रहेको र मृत्युको कारण अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology