Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा १२ जना कोरोना संक्रमित निको भएर घर फर्किए


1.9K
Shares

गोरखामा १२ जना कोरोना संक्रमित निको भएर घर फर्किए

गोरखा ६, कात्तिक ।  गोरखा अस्पतालको आइसोलेसन कक्षमा उपचाररत १२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्लाको गोरखा नगरपालिका र अजिरकोट गाउँपालिकाका संक्रमितहरु संक्रमण मुक्त भएपछि आइसोलेसनबाट डिस्चार्ज गरिएको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरीटण्डेन्ट डा. नबिन थापाले जानकारी दिनुभयो ।

संक्रमण मुक्त हुनेहरुमा गोरखा नगरपालिकाका वडा नम्बर ६ का बर्ष ४२, २५, २२, २९, ३३, ३७, ३७, ३२, ३७, २४, २५, बर्षका ११ जना पुरुष र अजिरकोट गाउँपालिकाका वडा नम्बर ५ का २६ बर्षका एक पुरुष संक्रमण मुक्त आएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो कोरोना परीक्षणका क्रममा उनिहरुको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी जानकारी दिनुभयो । निको भएर घर फर्किएकाहरुलाई थप केही समय होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology