Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

किन भेटेनन् कार्यकारी अध्यक्ष प्रचण्डले ‘रअ’ का प्रमुख गोयललाई !


4.2K
Shares

किन भेटेनन् कार्यकारी अध्यक्ष प्रचण्डले ‘रअ’ का प्रमुख गोयललाई !

काठमाण्डौं ६, कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रअका प्रमुखलाई नभेटेको उहाँको सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डको निजी सचिवालयले एक बिज्ञप्ती जारी गर्दै प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा प्रकाशित समाचार प्रकाशित गरेको प्रति खण्डन गर्दै रअका प्रमुखसग प्रचण्डले नभेटेको स्पस्ट पारेको हो ।

दुईदेश बिचको सिमाबिबाद लगायतका अन्य बिषयमा उच्चस्तरीय र राजनीतिक तथा कुटनीतिक माध्यमबाट समस्याको हल गर्नुपर्ने बेला रअका प्रमुख गोयल बिमान नै चार्टर गरेर नेपाल आएका छन् ।

अध्यक्ष प्रचण्डले गोयलसंग भेटाघाट नगर्नुको कारण भने खुलेको छैन । तर उनले कुटीतिक मयार्द बिपरित क्रियाकलाप गरेको बिषयमा प्रचण्ड असन्तुष्ट रहेको निकट स्रोतको भनाइ छ । ‘दुईदेश बिचका सवैखालका बिबादलाई उच्च राजनीतिक र कुटनीतिक ढंगबाट हल गर्नुपर्छ भन्ने अध्यक्ष प्रचण्डको धारणा छ, निकस्ट एक नेताले भने, अहिले जुनढंगले गतिबिधिहरु भइरहेको छ त्यस अध्यक्ष कमरेड प्रचण्डले राम्रो रुपमा हेर्नु भएको छैन ।’

नेपालमा आएर उनि उच्च राजनीतिक भेटघाट गरिरहेको स्रोतले बताएको छ । तर ककसलाई भेट ग¥यो भन्नेबारेमा भने स्पस्ट भइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology