Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

कोरोना कोषमा जम्मा गर्न भनेर शिक्षकबाट उठाइएको रकम जम्मा नभएको खुलासा


1.4K
Shares

कोरोना कोषमा जम्मा गर्न भनेर शिक्षकबाट उठाइएको रकम जम्मा नभएको खुलासा

रौतहट ५, कात्तिक । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा सञ्चालित ४६ ओटा विद्यालयका ३ सय १५ शिक्षकहरुबाट कोरोनाको नाममा उठाइएको १० लाख भन्दा बढी रकम सरकारको कोषमा जम्मा नभएको खुलासा भएको छ । गत चैत्रमा स्थानिय शिक्षकहरुबाट चन्द्रपुर नगरपालिकाले प्रावि शिक्षकका ३ दिन , निमावि शिक्षकका ५ दिन र मावि शिक्षकका ७ दिन बराबरबो तलव उठाइएको थियो ।

नगरपालिकाले शिक्षकहरुको तलव कोरोना नियन्त्रणका लागी भन्दै १० लाख भन्दा बढी रकम उठाइएका थिए तर त्यो रकम कुन कोषमा छ भन्ने अहिलेसम्म हिसाब किताब समेत सार्वजनिक गर्न सकेको छैन । यसरी उठाइएको रकम नेपाल सरकारको कोभिड रोकथाम तथा उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था नेपाल सरकारले गरेको छ । चन्द्रपुर नगरपालिकाको शिक्षा शाखाका उपसचिव कृष्ण सिग्देलको आदेशमा नगर क्षेत्रका शिक्षकहरुबाट रकम उठाइएको शिक्षकहरुले बताएका छन् ।

चन्द्रपुर नगरपालिकाका १२ मावि, ११ निमावि र २३ प्राविका ३ सय १५ शिक्षकको तलबबाट उक्त रकम उठाइएको हो । रौतहटका १८ स्थानिय तहहरु मध्ये चन्द्रपुर नगरपालिकामा मात्र शिक्षकको तलब कट्टा गरि रकम उठाइएको थियो । चैत महिनाको तलबबाट पैसा काटिएको रकम कहाँ कुन प्रयोजनका लागी खर्च भएको हो सोको जानकारी दिनु पर्ने जनज्योति मावि चन्द्रनिगाहपुरका सहप्रधानाध्यापक देवनारायण हुमागाईंले बताउनु भयो ।

आफुले यसबारे शिक्षा शाखाका उपसचिव कृष्ण सिग्देलमा सोधपुछ गरेको बताउनु हुदै सरकारले तोकेको उपचार कोषमा जम्मा नगरि आफुखुशी अन्यत्र राख्न नपाउने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । चन्द्रपुर नगरपालिकाको शिक्षा शाखाका अधिकृत दीपेन्द्र मण्डलले १० लाख २६ हजार रकम उठाइएको बताउनु भएको छ ।

आफुले पनि कोरोना नियन्त्रणका नाममा शिक्षकको तलबबाट रकम कट्टा नगरौं भनेको तर उठाइसकेपछि पनि चौमासिकका बेला फिर्ता गर्न सिग्देललाई अनुरोध गर्दा सो कुराको सुनवाइ नभएको मण्डलले बताउनु भयो । उपसचिव सिग्देलले शिक्षकबाट उठाइएको रकम विपत् व्यवस्थापनको खातामा जम्मा भएको र अहिलेसम्म खर्च नभएको बताउनु भएको छ । उक्त रकम कोरोना उपचार कोषमा जम्मा हुन नसकेको लेखा अधिकृत कीर्ति सुवेदीले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology