Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा सदरमुकामको मुख्य बजार क्षेत्रमा ८ सहित आज थप ११ जनामा कोरोना पुष्टी


2.1K
Shares

गोरखा सदरमुकामको मुख्य बजार क्षेत्रमा ८ सहित आज थप ११ जनामा कोरोना पुष्टी

गोरखा ४, कात्तिक । गोरखामा आज थप ११ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गोरखा नगरपालिको मुख्य बजार क्षेत्रमै थप ८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । आज संक्रमण देखिएकाहरमा गोरखा नगरपालिका वडा नम्बर ६ मा केन्द्रिय कार्यालय रहेको साधना लघु वित्तिय संस्थाका २ जना कर्मचारी रहेका छन् ।

उनिहरु मध्ये १ जना पुरुष र १ जना महिला भएको पुष्टी भएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै सोही क्षेत्रमा १ जना ठेकेदार, १ जना महिला एयर होस्टेज र १ जना गैह्रसरकारी संस्थामा काम गर्ने कर्मचारीमा पनि कोरोना संक्रमणको पुष्टी भएको नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिका स्वास्थ्य शाखाका अनुसार वडा नम्बर ६ मा नै घर भई भारतीय सेनाबाट छुट्टीमा घर आएका ब्यत्तिमा पनि संक्रमण देखिएको छ । नगरपालिकाको ६ मा मात्रै आज ८ जनामा संक्रमण पुष्टी भएको छ । त्यस्तै गरी गोरखा नगरपालिका ९ मा १ जना र १२ मा २ जना पुरुषमा संक्रमण देखिएको छ । १२ मा संक्रमण देखिएका १ जना पुरुष भने ब्यापारी भएको पुष्टी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology