गोरखा ४, कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रबक्ता नारायणकाजी श्रेष्ठको सचिवालय अन्तरगत गठित कोभिड भोलेन्टियर ग्रुपले गोरखामा ‘कोभिड १९ सचेतना अभियान’ सुरु गरेको छ । कोभिड भोलेन्टियर ग्रुपले गोरखा सदरमुकामको हरमटारी चोक, बाह्रकिलो बजार, र पालुङटार नगरपालिकामा कोरोना बिरुद्ध नागरिकहरुलाई सचेत गराउन हेल्प डेस्क नै स्थापना गरे अभियान सुरु प्रवक्ता श्रेष्ठको सचिवालयले जनाएको छ ।
चाडवाडको बेला अत्याधिक भिडभाड हुने क्षेत्रमा नागरिकहरुले सामाजिक दुरी कायम नगर्ने, मास्क नलगाई हिड्ने तथा अन्य समस्यामा परेका नागरिकहरुलाई हेल्प डेक्सबाट सहयोग प्रदान गरिने जनाइएको छ । कोभिड भोलेन्टियर ग्रुपले सचेतना अभियान अन्र्तगत गोरखा सदरमुकाम छुट्ने सवै सवारी साधनहरुमा चढ्ने यात्रुहरुलाई कोरोनाबाट जोगिने उपाय लगायतका बिषय समेटिएको पर्चा पम्पेट लगायत बितरण गर्न पनि सुरु गरेको सचिवालयले जनाएको छ ।
त्यस्तै जिल्लाका ११ वटै स्थानीय तहहरुमा घर–घरमा आइतबारदेखि नै कोरोना सचेतना बिरुद्धको प्रचार अभियान थालेको छ । ‘सवै स्थानीय तहरुमा प्रचार सामाग्री पठाई सकिएको छ, सचिवालयका सदस्य सुरेशकाजी श्रेष्ठले भन्नुभयो,‘स्थानीय स्तरबाट नै जनताको घरघरमा कोरोना बिरुद्धको पर्चा पम्पलेट पु¥याउने तयारी भइरहेको छ ।’ कोभिड भोलेन्टियर ग्रुप गठन भएपछि कोभिड १९ उपचार सम्बन्धि प्रक्रिया र उद्धारमा सहयोग ,समन्वय र सहजीकरण गर्दै आइरहेको छ ।