Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

भोजभतेर तथा जमघट हुने खालका कार्यक्रम नगर्न शहिद लखन गाउँपालिकाको आग्रह


5.1K
Shares

भोजभतेर तथा जमघट हुने खालका कार्यक्रम नगर्न शहिद लखन गाउँपालिकाको आग्रह

गोरखा ३, कात्तिक । गोरखाको शहिद लखन गाउँपालिकाले चाडवाड बेला कोरोना भाइरस (कोभिड १९) को संक्रमण जोखिम बढि हुने भएकाले थप सर्तकता अपनाउने भएको छ । गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले आज एक अपिल जारी गर्दै चाडबाडका बेला बिगतमा जस्तो आफ्न्तको जाने आउने नगर्न, पिङ नबनाउन, भोजभतेर नगर्न तथा भेला र जमघट हुने खालका कुनै पनि कार्यक्रम नगर्न सवैलाई आग्रह गर्नुभएको हो ।

गाउँपालिकाले दशैका बेला बिदेशबाट आउने सवैले अनिबार्य सम्बन्धित वडाध्यक्षलाई जानकारी गराउनु पर्ने र स्वास्थ्य चौकीमा बिबरण टिपाएर होम क्वारेन्टिनमा बस्नुपर्ने निर्णय समेत गरेको अध्यक्ष थापामगरले बताउनुभयो । त्यस्तै जिल्ला बाहिरबाट आउने व्यक्तिहरुले अनिबार्य होम क्वारेन्टिनको नियम पालन गरि बस्नुपर्ने जनाएको छ । कोरोना संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिहरुलाई गाउँपालिकाले नै स्वांब संकलनको गर्ने व्यवस्था मिलाइएको उहाँको भनाई छ ।

त्यस्तै कोरोना पुष्टी भई होम आइसोलेसनमा बसेकाहरुलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने आर्युवेदिक औषधी गाउँपालिकाले उपलब्ध गराउने तथा उनिहरुको नियमित स्वास्थ्य अबस्थाको निगरानी गर्ने, स्वास्थ्य अबस्था जटिल भएमा स्वास्थ्य चौकीसम्म लैजाने प्रबन्ध मिलाउन सम्बन्धित वडाको वडाध्यक्षको सयोजकत्वमा गठित समितिलाई जिम्मा दिइएको छ । यता पालिका भित्र चाडबाड बेला बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ३ बजेदेखि ६ बजेसम्म पसलहरु खोल्न पाउने निर्णय गाउँपालिकाले गरेको छ ।

त्यस्तै सार्वजनिक सवारी साधन प्रयोग गर्दा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न सवैलाई गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिकाले चाडबाडका बेलामा समेत नवमी र दशमीका दिन आकिस्मक सेवाका लागि स्वास्थ्यकर्मीको सम्पर्कमा रहने गरि व्यवस्था मिलाएको छ भने अन्य दिन कम्तीमा एकजना स्वास्थ्य कर्मी स्वास्थ्य संस्थामा रहेन व्यवस्था मिलाएको अध्यक्ष थापामगरले जानकारी दिनुभयो । त्यस्तै कोरोना संक्रमण भएका टोल वा क्षेत्र सिल गरि उक्त क्षेत्रहरुमा बाहिरका मानिसहरु आवाज जावतमा समेत रोक लगाउने निर्णय गाउँपालिकाले गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology