Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

१५ जिल्लामा चाहिने भन्दा बढी शिक्षक, देशभर ५६ हजार अपुग


2.6K
Shares

१५ जिल्लामा चाहिने भन्दा बढी शिक्षक, देशभर ५६ हजार अपुग

काठमाण्डौ । देशभर ५६ हजार २ सय ८२ शिक्षक अभाव देखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अबको दुई महिनाभित्र देशैभर शिक्षक दरबन्दी पुनर्वितरण काम सकिने बताए पनि अपुग रहेको शिक्षकको बारेमा के गर्ने भन्ने विषय निर्णय गर्न सकेको छैन ।

तथ्याङ्कअनुसार सबैभन्दा बढी मावि तहमा शिक्षकको अभाव देखिएको छ । मावि तहमा १९ हजार १ सय १ जना शिक्षक अपुग छन् । त्यस्तै, निमावि तहमा १८ हजार १ सय ४० र प्राविमा १६ हजार ६ सय २१ तथा उच्च माविमा २ हजार ४ सय २० शिक्षक अपुग रहेको बताइएको छ ।

पूर्वसचिव महाश्रम शर्माको कार्यदलले देशैभर तहगतरुपमा अपुग भएको शिक्षकको सङ्ख्या उल्लेख गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । सोही आधारमा शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले अपुग शिक्षकको तथ्याङ्क निकालेको हो ।

मन्त्रालयले दरबन्दी पुनर्वितरण कार्य्विधि २०७६ पास भएसँगै मन्त्रालयले शिक्षक पुनर्वितरण गरिसकेपछि अपुग शिक्षकको विषयमा छलफल गर्ने र शिक्षक सेवा आयोग स्थायी शिक्षकको आवेदन खुला गर्ने तयारी गरेको छ ।

एकातिर शिक्षक अपुग छन् भने केही जिल्लामा बढी दरबन्दी पनि छ । पछिल्लो तथ्याङ्कअनुसार १५ जिल्लामा चाहिनेभन्दा बढी शिक्षक रहेका छन् ।

आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology