Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा मध्यरातमा जुवाको खालबाट १२ जना पक्राउ : १ लाख ४६ हजार रुपैया बरामत


2.4K
Shares

गोरखामा मध्यरातमा जुवाको खालबाट १२ जना पक्राउ : १ लाख ४६ हजार रुपैया बरामत

गोरखा ३, कात्तिक । गोरखाको पन्थेश्वाराँबाट नगद सहित १२ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।हिजो (आइतबार) मध्येरातमा कृण्णबहादुर खनखवासको घरमा जुवा खेली रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिनुभयो ।

गोरखा नगरपालिका ४ को पन्थेश्वाराँमा रहेको खनखवासको घरमा जुवा खेली रहेको भन्ने सूचनाको आधारमा प्रहरीले घर घेरा हालेर जुवा खेलिरहेका १२ जना सहित नगद १ लाख ४६ हजार भन्दा बढी बरामद भएको प्रहरी उहाँको भनाई छ । ‘पन्थेश्वाराँमा रहेको खनखवासको घरमा ठुलै जुवा खेलेको भन्ने सूचना प्राप्त हुनासाथै प्रहरी परिचालन गरिएको थियो, उहाँले भन्नुभयो, रातको समयमा जुवा खेलाइरहेका बेलामा उनिहरु खालबाट नै पक्राउ परेका हुन् ।

चाढपर्व नजिकीदै गर्दा मानिसहरु जम्मा भएर जुवातास खेल्न सक्ने भएकोले त्यस्ता निस्तेज पार्न प्रहरीले अहिले विशेष टोली नै परिचालन गरेको छ। कार्यालयले त्यस्तो कार्य भएको थाहा पाएमा प्रहरीलाई खबर गर्न समेत अनुरोध गरेको छ । पक्राउ परेका सवैलाई आज मुद्वा दर्ता गर्ने तयारी भई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology