Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

अहिले दशै भत्ता बाड्ने बेला होइन, भेन्टिलेटर खरिद गर्ने बेला हो : सांसद शर्मा


4K
Shares

अहिले दशै भत्ता बाड्ने बेला होइन, भेन्टिलेटर खरिद गर्ने बेला हो : सांसद शर्मा

काठमाण्डौ २, कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य तथा सांसद जनार्दन शर्माले सरकारले उपलब्ध गराएको दशै भत्ता पूर्बजनमुक्ति सेनाको उपचारमा खर्च गर्ने घोषणा गर्नुभएको छ ।

उहाँले देश कोरोना महामारीको संग जुघिरहेका बेला भत्ता बाड्नु उपयुक्त नभएको समेत बताउनुभयो । पूर्व उर्जामन्त्री समेत रहनु भएका शर्माले दशैको भत्ता वापतको रकमले भेन्टिलेटर खरिद गर्न समेत सरकारलाई सुझाव समेत दिनुभएको छ । सांसद शर्माले कोरोना भाइरसको महामारीका कारण जनता उपचार नपाएर छट्पटाइरहेको अवस्थामा सांसदलाई दसैंभत्ता बाँड्नु उचित नहुने तर्क गर्नुभयो ।

उहाँले आफुलाई प्रदान गरेको दशै भत्ताको रकम कालिकोटका पूर्बजनमुक्ति सेना नरेन्द्र बोहराको उपचारमा सहयोग गर्ने घोषणा गर्नुभयो । पूर्बजनमुक्ति सेना बोहराकोअहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology