Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बोर्लाङका समाजसेवी स्वर्गिय श्रेष्ठको स्मृतिमा बिधालयमा २ लाख रुपैयाको अक्षयकोष कोष स्थापना


5K
Shares

बोर्लाङका समाजसेवी स्वर्गिय श्रेष्ठको स्मृतिमा बिधालयमा २ लाख रुपैयाको अक्षयकोष कोष स्थापना

दीपक श्रेष्ठ

गोरखा २, कात्तिक । गोरखाको भीमसेन थापा गाउँपालिका– ७ बोर्लाङका समाजसेवी स्वर्गिय पदमबहादुर श्रेष्ठको स्मृतिमा उहाँको जन्मथलो बोर्लाङमा रहेको श्री सरस्वती माध्यामिक बिधालयमा २ वटा अक्षयकोष स्थापना गरिएको छ । श्रेष्ठको स्मतिमा अमेरिकामा रहनु भएकी उहाँकी छोरी प्रतिभा श्रेष्ठ, ज्वाई धनीराज श्रेष्ठ र श्रीमती बालकुमारी श्रेष्ठले संयुक्त रुपमा ‘पदमबहादुर श्रेष्ठ स्मृति टुहुरो जेहेन्दार छात्रबृत्ति अक्षयकोष’ र नाति अभिनव श्रेष्ठको तर्फबाट ‘गरिब तथा जेहेन्दार दलित छात्रबृद्धिकोष’ स्थापना गरिएको हो ।

बिधालयमा आज एक कार्यक्रमका बिच स्वर्गिय श्रेष्ठको सम्झना उहाँका छोरी ज्वाई र श्रीमतीको तर्फबाट  १ लाख १ हजार १ सय रुपैयाकोे ‘पदमबहादुर श्रेष्ठ टुहुरो जेहेन्दार छात्रबृद्धि अक्षयकोष’ र नाती अभिवनको तर्फबाट  १ लाख १ हजार १ सय रुपैयाको ‘ पदमबहादुर श्रेष्ठ गरिब तथा दलित जेहेन्दार छात्रबृत्तिकोष’ स्थापना भएको बिधालयका प्रधानध्यापक रामचन्द्र पौड्यालले जानकारी दिनुभयो । अक्षयकोषमा प्राप्त हुने आम्दानीबाट बार्षिक रुपमा बिधालयका टुहुरा जेहेन्दार तथा दलित जेहेन्दार बिधार्थीलाई छात्रबृत्ति प्रदान गरिने उहाँले बताउनुभयो ।

अमेरिकाबाट प्राप्त रकम स्वर्गिय श्रेष्ठको परिवारका तर्फबाट उहाँका नाती प्रितम श्रेष्ठले बिधालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका वडाध्यक्ष नारायण श्रेष्ठलाई हस्तन्तरण गर्नुभएको थियो । वडाध्यक्ष श्रेष्ठले आजै बिधालयलाई प्रधानाध्यापकलाई रकम उपलब्ध गराइ कोष स्थापना गरिएको हो । नेपाली सेनाका जमदारबाट अबकास लिनुभएका समाजसेवी श्रेष्ठको ८२ बर्षको उमेरमा यही असोज १५ गते उपचारका क्रममा काठमाण्डौ छाउनी स्थित बिरेन्द्र सैनिक अस्पतालमा निधन भएको छ ।

उहाँले बोर्लाङको शिक्षा क्षेत्रका बिकासका लागि महत्वपूर्ण योगदान दिनुभएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘गाउँमा बिधालय नभएका बेला गाउँमै स्कुल खोल्नुपर्छ भनेर स्थानीय बासीहरुलाई जागरुक गराउने अभियान उहाँ जुट्नु भयो, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, त्यसको परिणाम अहिले बोर्लाङमा जिल्ला भित्र मात्र नभएर पश्चिमाञ्चलकै उत्कृष्ट बिधालय सञ्चालनमा छ ।’ स्वर्गिय श्रेष्ठ उक्त विद्यालयको व्यवस्थापन समितिका पूर्व सदस्य समेत हुनुहुन्थ्यो भने बिधालय स्थापनाका क्रममा उहाँले बिधालयका लागि जग्गा समेत निशुल्क उपलब्ध गराउनु भएको थियो ।

ग्रामिण क्षेत्रका जनता शिक्षाको पहुँचबाट टाढा बस्नु पर्ने बाध्यता रहेका बेला बि.स २०१६ सालमा बिधालय स्थापनाका लागि उहाँले योगदान पु¥याउनु भएको थियो । अक्षयकोष स्थापना कार्यक्रममा बिधालयका भूतपूर्व अभिभावक संघका अध्यक्ष बुद्धि श्रेष्ठ, भीमकुल बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology