गोरखा २, कात्तिक । लियो क्लब आफ गोरखाका सञ्चार संयोजक लियो सन्दिप सुनारले आफुलाई प्राप्त पुरस्कार रकममा थप गरेर मानव सेवा आश्रम गोरखालाई खाद्यान्य उपलब्ध गराउनु भएको छ ।
अनाथ तथा असहाय बालबालिकाको सरक्षण गर्दै आइरहेको मानव सेवा आश्रमलाई सुनारले आफुले प्राप्त गरेको पुरस्कार रकममा थप गरि शनिबार खानेतेल, दाल, बिस्कुट लगायतका अन्य सरसफाइका समाग्री उपलब्ध गराउनु भएको हो ।
क्वलबका अध्यक्ष लियो गंगा आले , सचिव लियो अनुका आले , कोषाध्क्ष लियो मिलन उपरकोटी र अन्य लियो सदस्य सहितको टोली पुगेर खाद्यन्न सामाग्री हस्तान्तरण क्लबले जनाएको छ।
मानव सेवा आश्रम गोरखाले अभिभावक बिहिन बालबालिकाहरुको उद्धार गरि संरक्षण गर्दै आएको छ ।