गोरखा ३०, असोज । गोरखामा आज १५ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज तेस्रो पटक जारी गरेको सूचनामा थप ९ जनामा कोरोना पुष्टी भएको हो । यस अघि आज बिहान मात्रै ६ जनामा संक्रमणको पुष्टी भएको थियो । निर्देशनालयका अनुसार जिल्लाको आरुघाट गाउँपालिकाका ९ जना, पालुङटार नगरपालिकाका ४ जना, शहिद लखन गाउँपालिकामा १ जना र गोरखा नगरपालिका १ जना रहेको निर्देशनालयले जनाएको छ ।
संक्रमण पुष्टी भएकाहरुमा आरुघाट गाउँपालिका–४ थुमीमा २१ पुरुष र ३१ बर्षकी महिला, वडा नम्बर ५ स्थित आरुआरबाङका २० बर्षका एक पुरुष, वडा नम्बर १० को आरुचनौटेमा ५० बर्ष र ३९ बर्षका २ जना पुरुष र वडा नम्बर ९ का ४५, ३५ र ४० बर्षका ३ पुरुषमा संक्रमण देखिएको निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो । त्यस्तै जिल्लाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ४ धावाकी ३४ बर्षिय एक महिलामा पनि कोरोना पुष्टी भएको छ ।
निर्देशनालयले बिहान जारी गरेको बिज्ञप्तीका अनुसार जिल्लाको पालुङटार नगरपालिकामा पनि थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पालुङटार नगरपालिका वडा नम्बर १ र २ मा १÷१ जना पुरुष, वडा नम्बर ५ मा १ पुरुष र १ महिलामा संक्रमणको पुष्टी भएको हो । यस्तै जिल्लाको गोरखा नगरपालिका वडा नम्बर १० का ५२ बर्षका एक पुरुषमा पनि आज नै कोरोना संक्रमणको पुष्टी भएको छ ।
चितवनमा उपचारका लागि पुग्नु थियो । उहाँको उपचारका क्रममा कोरोना पुष्टी भएको हो । अन्य संक्रमित सबैको कन्ट्याक्ट ट्रेसिङ मार्फत स्वाब संकलन गरी परिक्षण गर्दा पोजेटिभ देखिएको हो । यस्तै गोरखाको शहिद लखन गाउँपालिका २ की एक महिलामा बिहिबार कोरोना पुष्टी भएको थियो ।