काठमाडौं २९, असोज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कर्मचारीहरुलाई घाम तापेर बस्दै कार्यक्रम सफल नहुने भएकाले दत्तचित्त भएर काम गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को जिम्मेवारी सम्हाले लगत्तै बिहीबार एक्सन लिएका उहाँले गुनासोमात्रै नभएर समस्या समाधानको उपाय लिएर आउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
मन्त्रिपरिषद्को कार्यालयको रहेका महत्वपूर्ण जिम्मेवारी पूरा गर्न कर्मचारीहरुले स्पष्ट योजनासहित काम गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘कर्मचारी दिउँसो घाम तापेर, ढल्किएर आउँदैमा के कार्यक्रम सफल हुन्छ ? यसमा थुप्रै कार्यक्रमहरुमाथि प्रश्न उठेका छन्। ती सबै प्रश्नहरुको समाधान हामीले नै गर्ने हो।’