गोरखा २९, असोज । गोरखाको धार्मिक तथा ऐतिहासिक क्षेत्रको रुपमा परिचित मनकामना बजार क्षेत्र बन्द गरिएको छ । शहिद लखन गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने मनकामना बजार क्षेत्रका एक जना ६३ बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टी भएपछि संक्रमण फैलन नदिन बजार क्षेत्र बन्द गरिएको वडा नम्बर २ का वडाध्यक्ष आँचलबाबु थापाले जानकारी दिनुभयो ।
‘संक्रमित व्यक्तिको सम्र्पकमा रहेकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरि स्वाब संकलन गर्ने तयारी भईरहेको छ उहाँले भन्नुभयो, स्वांब संकलन गरि रिर्पोट प्राप्त नहुदासम्मका लागि बजार बन्द गरिएको हो ।’ संक्रमितको सम्र्पकमा पुगेकाहरुको भोली स्वांब लिइने वडाध्यक्ष थापाले बताउनुभयो । दुवै वडाको संयुक्त बिपत जोखिम न्युनिकरण तथा व्यवस्थापन गर्न गठित समितिको बुधबार बसेको संयुक्त बैठकले बजार बन्द गर्ने निर्णय गरेको हो ।
समितिले बन्दको निर्णय संगै आज बिहानैदेखि त्यस क्षेत्रका बजार, शिक्षणसंस्था, बैठक तथा बित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द भएको उहाँले बताउनुभयो । समितिले अत्याबश्यक खाद्यान्य पसल, तरकारी पसल र औषधीपसल लगायतका अन्य अत्याबश्यक सेवा भने बिहान ८ बजेदेखि १० बजेसम्म खोल्न दिने निर्णय गरेको छ ।
गएको चैतमा घोषणा गरिएको डकडाउन खुलेसंगै आशिंक रुपमा खुलेको मनकामना बजार पुनः संक्रमणको जोखिम बढेपछि बन्द गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।