गोरखा २८, असोज । गोरखाको शहिद लखन गाउँपालिकाको मकैपुर आधारभुत विद्यालयलाई लायन्स तथा लियो क्लाब अफ आबुखैरेनी सिटीले शैक्षिक सामाग्री सहयोग गरेको छ । वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठको पहलमा क्लबले बिधालयका बिधाथीहरुका लागि शैक्षिक सामाग्री उपलब्ध गराएको छ ।

विद्यार्थी संख्या न्यून भएपछि २०७५ सालमा बन्द भएको विद्यालय वडाध्यक्ष श्रेष्ठको पहलमा चालु आर्थिक बर्षदेखि बिधार्थी संख्या पु¥याएर बिधालय सञ्चालनमा ल्याइएको थियो । क्लवले सबै बिधालयमा भएका विद्यार्थीलाई पुग्ने गरी ३० थान स्कुल ब्याग, कापी, पेन्सिल, लगायतका शैक्षिक सामग्री सहयोग गरेको वडा नम्बर ७ का अध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रम रोटरी क्लव अफ गोरखाका अध्यक्ष एवं शहिदलखन ८ का वडा अध्यक्ष काशिनाथ अम्गाईको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । कार्यक्रममा लायन्स क्लव अफ आबुखैरेनी सिटी अध्यक्ष शिब खनाल, सह–सचिव बिष्णु श्रेष्ठ, सह–कोषाध्यक्ष सुर्य बहादुर थापा, सदस्य गोबिन्द सिलवाल, लियो क्लब अफ आबुखैरेनी सिटीको उपाध्क्षय शैलेस वाग्लेको सहभागिता रहेको थियो ।

उक्त बिधालयमा अहिलेसम्मका २५ जना भन्दा बढी बिधार्थी बिधालयमा भर्ना भइसकेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।