Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको एक वडा कार्यालयले दशैमा घर आउन चाहानेलाई गर्यो अचम्मको निर्णय


6.7K
Shares

गोरखाको एक वडा कार्यालयले दशैमा घर आउन चाहानेलाई गर्यो अचम्मको निर्णय

गोरखा २६, असोज ।गोरखाको गण्डकी गाउँपालिका स्थित एक वडाले दशैमा घर फर्कन चाहाने वडाबासीलाई असोज ३० गतेभित्र आइसक्न उर्दी जारी गरेको छ । गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयले एक सूचना निकाल्दै कोरोना संक्रमणको जोखिम भएको भन्दै असोज ३० गतेभित्र वडा भित्र आइसक्न भनेको हो । वडा कार्यालयले विदेशबाट फर्किनेलाई पीसीआर रिपोर्टसहित सात दिन आइसोलेसनमा बस्नुपर्ने र जिल्ला बाहिरबाट आउनेलाई ७ दिन क्वारेन्टीनमा बस्नुपर्ने नियम समेत बनाएको वडाका सचिव कमल खनालद्वारा जारी सूचनामा उल्लेख छ ।

वडाको हिजो बसेकोे सर्वदलीय बैठकले यस्तो निर्णय गरिएको जनाएको छ । वडा कार्यालयले मनलाग्दी नियम बनाएको भन्दै वडाबासीहरुले त्यसको चर्को आलोचना गर्न थालेका छन् । वडा कार्यालयले चाडबाडको मुखमा आफुखुशी निर्णय गरेको बिषयमा गाउँपालिकाका अध्यक्ष होम बहादुर राना मगर उक्त गलत निर्णय भएको बताउनुभयो । ‘वडा कार्यालयको निर्णय सुनेर म आफैं अचम्ममा परेको छु, उहाँले भन्नुभयो, ‘तर गाउँपालिका कार्यालयलाई त्यसको बारेमा औपचारिक कुनै जानकारी छैन ।’ उहाँले कोरोना संक्रमण भएको स्थानमा सजग हुनुपर्ने भएपनि यसरी पुरै वडानै समेटेर सुचना जारी गर्ने काम बिधिसम्मत नहुने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत पुरण गुरुङले वडालाई यस्तो निर्णय गर्ने अधिकार नै नभएको बताउनुभयो । निर्णय गर्नु पुर्व गाउँपालिकालाई कुनै जानकारी नगराइएको समेत उहाँको भनाई छ । यता गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले मिति नै तोकेर यति गते भित्र गाउँ आइज भन्ने अधिकार यहि अवस्थामा कसैलाई नभएको बताउनुभयो ।

‘तिथिमितिनै जारी गरेर आवजजावत रोक्ने पाइदैन, उहाँले भन्नुभयो, ‘म यस बिषयमा बुझेर आबश्यक निर्णइ गर्छु ।’ वडा कार्यालय गरेको अव्यवहारिक निर्णयले दशैमा घर मनाउन गाउँ फर्कन लागेकाहरु भने अन्यौलमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology