Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

नेकपाका प्रवक्ता श्रेष्ठको सचिवालयले गठन गरेको भोलेन्टियर सर्भिसको समिक्षा बैठक


2.4K
Shares

नेकपाका प्रवक्ता श्रेष्ठको सचिवालयले गठन गरेको भोलेन्टियर सर्भिसको समिक्षा बैठक

काठमाण्डौ २६, असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालयले गठन गरेको कोभिड(१९ भोलेन्टियर सर्भिसको एक महिना पछि समिक्षा बैठक बसेको छ।

सरकारको कामलाई सफल बनाउन र कोभिडको संक्रमणबाट समाजलाई बचाउन योगदान दिने उद्देश्यले गठन भएको यो समितिले प्रबक्ता श्रेष्ठ निवासमा आइतबार समिक्षा बैठक बसी अहिलेसम्म आफुले गरेको कामको विवरण समेत सार्वजनिक गरेको छ ।

उसले अहिलेसम्म १७६ जनाको पिसिआर टेस्ट गर्न सहयोग गारेको , १३ जनालाई आइसोलेसन ब्यबस्थापनमा सहयोग गरेको , टेकु अस्पतालमा पिसिआरको दायरा बढाउन सहजीकरण गरेको लगायतका काम गरेको जनाएको छ।

त्यस्तै, विदेशमा रहेका १२ जना नेपालीको समस्या समाधान गरिएको र ५ जनाको समस्याको समाधानको लागी प्रक्रियामा रहेको समेत कोभिड(१९ भोलेन्टियर सर्भिसले जानकारी दिएको छ।

समिक्षा बैठकमा प्रबक्ता श्रेष्ठले अहिलेसम्म अभियानले गरेका कामहरु सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै दशैं, तिहार, नेपाल सम्वत, छठ लगायतका आगामी चाडपर्वहरुको सन्दर्भमा सचेतनता अभियान संचालन गर्न निर्देशन दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology