गोरखा २५, असोज । गोरखाको पालुङटार नगरपालिकाले नगरपालिका भित्रका सबै वडा कार्यालय तथा बिधालयहरु बन्द गरेको छ ।
आसपास र नगरपालिका भित्रका कर्मचारीमा नै कोरोना संक्रमणको पुष्टि भएपछी संक्रमण अन्यत्र फैलन नदिन नगरपालिका भित्रका सबै वडा कार्यलयबाट प्रदान गरिने सेवा बन्द गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै नगरपालिका भित्रका बिधालयहरु बाट सन्चालन हुँदै आएको मुल सिकाइ केन्द्र र साहयक सिकाइ केन्द्रबाट संचालन हुँदै आएको सिकाइ सहजीकरण पनि यहि कार्तिक ६ गतेसम्मका लागि बन्द गरिएको नगरपालिकाले आइतबार जारी गरेको सूचनामा उल्लेख छ ।