Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

शहिद लखन गाउँपालिकाद्धारा सामाजिक क्षेत्रमा क्रियाशिल ३ कल्याणकारी संस्थालाई सहयोग


3.8K
Shares

शहिद लखन गाउँपालिकाद्धारा सामाजिक क्षेत्रमा क्रियाशिल ३ कल्याणकारी संस्थालाई सहयोग

गोरखा २४, असोज । गोरखाको शहिद लखन गाउँपालिकाले पालिकाको लोककल्याणकारी कार्यक्रम अन्र्तगत जिल्ला भित्रका ३ वटा सामाजिक सेवामा क्रियाशिल संस्थाहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । गाउँपालिकाले बिपत्तमा अग्रमेर्चामा रहेर काम गर्दै आइरहेको नेपाल रेडक्रस सोसाईटी, गोरखा जिल्लालाई सडक मानवमुक्त जिल्ला बनाउने अभियानमा रहेको मानव सेवा आश्रम र गोरक्षनाथ गुरुकुललाई आर्थिक सहयोग प्रदान गरेको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिनुभयो ।

कार्यक्रम अन्र्तगत रेडक्रस सोसाईटी गोरखा शाखालाई रु १ लाख ५० हजार, मानवसेवा आश्रम गोरखालाई १ लाख र गोरक्षनाथ वैदिक गुरुकुललाई ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले मानव सेवा आश्रममा आज आयोजित कार्यक्रमका बिच तिन वटै संस्थाहरुलाई सहयोग रकमको चेक सम्बन्धित संस्थाका प्रतिनिधीलाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा गुरुकुलका संस्थापक सदस्य मोहनलाल श्रेष्ठ, मानवसेवा आश्रमकी मुना लामा, नेपाल रेडक्रस सोसाइटीका गोरखा शाखाका समापति भगवानबाबु मास्के, शहिदलखन गाउँपालिका प्रशासकीय अधिकृत जीवन आलेमगर, वडा नम्बर ७ का सदस्य शरण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology